सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा बस दुर्घटना, तीनको मृत्यु

शनिबार, १८ असोज २०७६, १५ : ०५
शनिबार, १८ असोज २०७६

काठमाडौं –   सिन्धुलीस्थित नेपालथोकमा काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २५जना घाइते छन् । 

बा ३ ख २३५९ नम्बरको मिनी बस तीव्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

घाइतेमध्ये ५ को अवस्था जटिल छ  ।  घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ । बसमा २८ जना सवार थिए । तीव्रगतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप