आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनसान हुँदै काठमाडौँ

आइतबार, १९ असोज २०७६, ०८ : १५
आइतबार, १९ असोज २०७६

काठमाडौं– दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ ।  उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।

अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा आइतबार रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् ।   सवारी कम भएकाले शनिबार दिउँसो पनि कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए । 

कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उनले बताए ।  महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप