विश्व सम्मेलनका लागि नाम दर्ता सुरु
आइतबार, १९ असोज २०७६, १२ : २४
नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता खुला भएको छ ।
विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरु तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुले आफ्नो नाम दर्ता गरेकाे संघले जनाएकाे छ ।
सम्मेलनमा भाग लिनमा लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधीहरु काठमाडौं आउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु तथा सदस्यहरुको सम्मेलनमा भागलिनको लागि आउने क्रम जारी रहेको छ । संघको विश्व सम्मेलन अक्टोबर १५ देखि १७ सम्म काठमाडौँमा हुनेछ ।