अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु
सोमबार, २० असोज २०७६, १४ : २६
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्वरको जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जानकारी दिए । जीपमा ८ जना सवार रहेको जनाइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।