उपराष्ट्रपतिद्वारा बुवा रामसुर पुनबाट दसैँ टीका ग्रहण
मङ्गलबार, २१ असोज २०७६, १२ : ०१
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दसैँको टीका ग्रहण गरेका छन्।
पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँ टीका ग्रहण गरेका हुन् ।
उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् ।