दुर्घटनामा परी एकको मृत्यु
बिहीबार, २३ असोज २०७६, ११ : ०९
नवलपरासी । नवलपरासीको कावासोती वडा नम्वर १६ डण्डामा सडक दुर्घटनामा परि नवलपरासी साविक जुमुुनिया गाविस वडा नम्वर ४ का २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको छ ।
गएराति करिव साढे १० बजेको समयमा काठमाडौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्वरको बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढ तर्फ आउँदै गरेको लु २ च ६०७० नम्वरको बलेरो जिप एक आपसमा ठोक्कीदा गएराती सवा एक बजेको समयमा सुनारको मृत्यु भएको ट्राफिक प्रहरी प्रेम श्रेष्ठले जानकारी दिए ।