राष्ट्रपति सीको स्वागतका लागि तयार काठमाडौँ
बिहीबार, २३ असोज २०७६, १३ : ००
१
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।
२३ वर्षपछि हुन लागेको राष्ट्रपतिस्तरीय भ्रमणका लागि काठमाडौँमा धुमधामका साथ तयारी गरिँदैछ ।
राष्ट्रपति सी हिँड्ने बाटो कालोपत्र गरिनुकासाथै सडकका छेउछाउमा बिरुवा रोप्नेदेखि पोष्टर टाँस्ने र रङ लगाउनेसम्मका कामहरु भइरहेका छन् ।
विभिन्न स्थानमा राष्ट्रपति सीको स्वागतका लागि स्वागतद्वारा निर्माण गरिएका छन् भने राष्ट्रपति विद्यादेवि भण्डारी र राष्ट्रपति सीका पोष्टरहरु टाँसिएका छन् ।
हेरौँ केही तस्विरहरु :
फोटोहरु : कृष्ण खड्का/सुवास श्रेष्ठ