मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बिहीबार, २३ असोज २०७६, १४ : ००
रौतहट । बिजुलीको पोलमा ठोकिएर ना३९प २४४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एकजना युवाको मृत्यु भएको छ भने दुईजना युवा गम्भीर अवस्थामा पुगेका छन ।
मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका ४ जंगलसैया टोलका १७ वर्षीय सुवास चौधरी रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा सोही ठाउँका १६ वर्षीय राहुल चौधरी र बाराको बारागढी ५ सिंघासनी टोलका सृजन चौधरी रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकल बारागढी सिंघासनी र दौरवा गाँउछेउको मोडमा अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किन पुगेको थियो ।