पक्राउ परेकी साह आफ्नो कार्यकता नरहेको समाजवादी पार्टीको दावी
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणको क्रममा प्रदर्शन गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीले साह पार्टीको कुनै पनि पदमा नरहेको दावी गरेको छ ।
सप्तरीका प्रहरीले उनलाई असोज २४ गते उनकै निजी निवास पक्राउ गरेको थियो । उनी समाजवादी पार्टी प्रदेश २ कार्यसमितिका सदस्य रहनुका साथै अन्तरमहिला सञ्जाल सप्तरीका अध्यक्ष पनि हुन् ।
तर समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले शनिवार एक विज्ञप्ति जारी गरी प्रहरी हिरासतमा रहेकी साह हाल पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छन् ।
विगत केही दिनदेखि नै पार्टी विपरित क्रियाकलाप गर्दै आएको र पार्टीको सदस्य समेत नरहेको साहलाई असोज २४ गते सप्तरी प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीको कुनै पनि जिम्मेवारीमा नभएको व्यक्तिलाई सिगों पार्टीको बदनाम हुने गरी पार्टीको नाम जोडेर समाचार आएको समाजवादी पार्टी सप्तरीले आपत्ति जनाएको छ ।