राष्ट्रपति सीलाई रात्रिभोज : मेन्यूमा नेवारी बारादेखि इलामको चियासम्म
शनिबार, २५ असोज २०७६, २० : ५१
काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् ।
सोल्टी होटलमा आयोजित रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, स्थानीय निकायका जनप्रतिनिधिदेखि विभ्न्नि दलका नेता तथा उच्च पदस्त कर्मचारीहरु सहभागी रहेका छन् ।
राष्ट्रपति सीका लागि स्टार्टर, सुप, मेनकोर्स र डेसर्ट गरेर विभिन्न परिकारहरु तयार गरिएको छ ।
जसमा नेपाली परिकारदेखि चिनियाँ परिकारको समिश्रण रहेको छ । सीलाई पस्कने खानमा नेवारी बारा, मोमो, सिमीसँग भटमास साँधेको, कुरिलो र क्वाटीको रसजस्ता नेपाली परिकारहरु रहेका छन् ।
हेर्नुहोस् मेन्यूः