सांसद साहलाई कारवाहि नभए जनकपुरको उडान बन्द हुने आयोनको चेतावनी
सोमबार, २७ असोज २०७६, २१ : ३७
जनकपुर – वायुसेवा संचालक संघ (आयोन)ले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा प्रतिनिधि सभाका सदस्य प्रमोदकुमार साहले गरेको तोडफोड प्ती आपत्ती जनाउदै कारवाही गर्न माग गरेका छन् ।
आयोनले जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद साहमाथि कारवाही गर्न सरकारलाई अल्टिमेटम दिएका हो ।जनकपुरमा सोमबार भएको घटनाको छानबिन गरी सात दिनभित्र कारवाही गर्न आयोनले अल्टिमेटम दिएको छ।
सो समयावधिसम्ममा कुनै कारवाही नभए जनकपुरको सम्पूर्ण उडान बन्द गर्ने आयोनले चेतावनी दिएको छ ।