गोगंबुबाट ४ किलो चरेससहित दुई जना पक्राउ
मङ्गलबार, २८ असोज २०७६, २१ : २४
काठमाडौँ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले ४ किलो अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा गोगंबुबाट चरेससहित दुई जनालाई पक्राउ गरिएको महाराजगञ्ज वृत्तका प्रहरी नायवबउपरीक्षक उमेश लम्सालले जानकारी दिए ।
चेकजाँचको क्रममा जाजरकोट जिल्ला नलगाढ नगरपालिका १ घर भइ हाल चन्द्रागिरी नगरपालिका थानकोट बस्ने बर्ष २३ को भुवन बुढामगर र जाजरकोट जिल्ला नलगाढ नगरपालिका ३ घर भई चन्द्रागिरी थानकोट काठमाडौं बस्ने बर्ष २८ को नवीन प्रकाश पुन ४ किलो अवैध लागुऔषध चरेस सहित पक्राउ परेको लम्सालले बताए ।
पक्राउ गरिएका दुवैलाई थप अनुसन्धान गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएको छ ।