आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवेकशील नेपाल दलको अध्यक्षमा पाण्डे, महासचिवमा सिलवाल निर्वाचित

बुधबार, २९ असोज २०७६, १३ : ५६
बुधबार, २९ असोज २०७६

काठमाडौं – विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्ष विजयी भएका हुन् । पाण्डे ५८ प्रतिशत मत प्राप्त गरेका थिए । ५ प्रतिशत मत नो भोटमा खस्दा बाँकी मत थापाले पाएका थिए । 

अहिलेसम्म अध्यक्ष, महासचिव र नीति सचिव निर्वाचित भएको दलले पाण्डेले जानकारी दिए  । 

उनका अनुसार महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन् । सिलवालले कर्मा तामाङ र भट्टराईले विजयबाबु सिवाकोटीलाई पराजित गरेका हुन् । 

उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव बुधबार हुँदैछ । विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो । 

जसमा सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू आउँछन् । प्रदेश निर्वाचनपछि हुने उनले बताए । जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ । 

गत वर्ष पुसमा संयोजक मध्येका एक उज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टी फुटेको थियो । तर पार्टी पहिलो महाधिवेशनमा नै उज्वले थापाले अध्यक्षमा उम्मेद्वारी नदिने घोषणा गरेका थिए ।

११ साउन २०७४ मातत्कालीन विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच पार्टी एकता भएको थियो ।

तर, पछि ३७ सदस्यीय केन्द्रीय समितिका १६ जनाले विवेकशील नेपाली दल ब्युताएका थिए । जसमा चर्चित युवा नेत्री रञ्जु दर्शनादेखि प्रदेश–३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसमेत रहेका थिए ।

निर्वाचनमा विदेशबाट समेत मतदान गर्ने व्यवस्था मिलाइएको पाण्डेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप