एनआरएनए मतदानस्थलमा तनाव, अझै सुरु भएन मतदान
बुधबार, २९ असोज २०७६, १९ : २५
काठमाडौं– राजधानीमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनको मतदान स्थलमा तनाव सृजना भएको छ । साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया सुरु नभएको भन्दै मतदानस्थलमा तनाव सृजना भएको हो ।
मतदानस्थलमा मतदान प्रक्रिया सुरु नगरिएको भन्दै मतदाताहरुले नाराबाजी गरिरहेका छन् । ३ घण्टादेखि मतदाताहरु लाइनमा बसेपनि अझै मतदान सुरु भएको छैन । मतदानस्थलमा तत्काल मतदान सुरु गर, एनआरएनए मुर्दाबाद लगायतका नाराबाजी भैरहेको छ ।
हरेक २ वर्षको अन्तरालमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन हुँदै आएको छ ।