आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२०७६ लाई महिला हिंसा विरुद्धको वर्ष घोषणा गरेका छौँ: मन्त्री थापा

बिहीबार, ३० असोज २०७६, १४ : ५४
बिहीबार, ३० असोज २०७६

काठमाडौं- महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगरले बर्ष २०७६ लाई महिला हिंसा बिरुद्धको बर्षको रुपमा मनाउन लागिएको बताएकी छिन् । ललितपुरमा सुरु भएको दुई दिने बेइजिङ प्लस समिक्षा सम्बन्धमा नागरिक प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीमा बोल्दै उनले सरकारले महिला हिंसा निरुत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको बताएकी हुन् ।  

यस्तै सरकारले यो बर्षदेखि नियमित रुपमा जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउने घोषणा गरेको पनि जानकारी दिइन् । विभिन्न आन्दोलन र परिवर्तनपछि बनेको संविधानले अंशीय र वंशीय हिसावमा महिला र पुरुषलाई समाधान अधिकार प्रत्याभूत गरेको भन्दै प्राप्त अधिकारलाई संस्थागत गर्ने वातावरण बनाउन सरकारले ऐन कानून बनाइरहेको जानकारी दिइन् । 

कार्यक्रममा उनले महिला हिंसा नियन्त्रणको चुनौतीको सामना सरकार एक्लैले गर्न नसक्ने बताउँदै मन्त्री थापाले यस्ता चुनौती पार लगाउनका लागि हरेक नागरिक सचेत भएर लाग्नुपर्नेमा जोड दिइन् ।  २५ बर्षअघि चीनमा भएको चौथो अन्र्तराष्ट्रिय महिला सम्मेलनले महिला सरोकारका विषयमा, महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक सहभागिता बढाउने विषयमा जारी गरेको घोषणापत्रले विश्वभरी नै वहस सिर्जना गरेको बताउदैं नेपालमा पनि यसबारे बहस चलिरहेको बताइन् । 

नेपालको संविधानले मौलिक हक अन्र्तगत सामाजिक, आर्थिक र राजनीतिक अधिकार दिएको उल्लेख गर्दै स्थानीय तहदेखि केन्द्रीय तहसम्म ५० प्रतिशत महिला प्रतिनिधी सहभागी गराउन लविङ गर्नुपर्ने आवश्यकता रहेको बताइन् । 

कार्यक्रममा महिला अधिकारकर्मी चाँदनी जोशीले २५ वर्षअघि चीनको राजधानी बेइजिङमा भएको चौथो अन्तराष्ट्रिय महिला सम्मेलनमा सहभागी हुँदाको स्मरण गरिन् । ४० हजार प्रतिनिधि सहभागी भएको सो सम्मेलन अहिलेसम्म कतै नभएको र भविष्यमा पनि हुन कठिन ऐतिहासिक महिला सम्मेलन भएको बताउदै आफ्ना तस्विरहरु देखाएकी थिइन् । विश्वमा भएका यस्ता विभिन्न महिला अधिकार सम्बन्धी सम्मेलनको प्रभाव नेपालमा पनि परेको बताउँदै  सो सम्मेलनको २५ बर्ष पुगेको अवसर अत्यन्तै खुसीको दिन भएको उल्लेख गरिन् । 

कार्यक्रममा महिला अधिकारकर्मी तथा पत्रकार बन्दना राणा, अधिवक्ता मीरा ढुङ्गाना लगायतले नेपालमा महिला हिंसाको अवस्था, महिला अधिकारको अवस्थाका बारेमा चर्चा गरेका थिए ।  कार्यक्रमको आयोजक संस्था महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले आजभन्दा २५ बर्षअघि बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनले अन्तर्राष्ट्रिय नारी वर्ष घोषणा गरेको बताउँदैं महिला आन्दोलनको ऐतिहासिक दिन भएको उल्लेख गरे । उनले महिला, कानुन र विकास मञ्चले राष्ट्रिय सम्मेलन गर्नुअघि जिल्ला र प्रदेशस्तरीय सम्मेलन गरेको जानकारी दिए । 

कार्यक्रममा महिला बेचविखनमा भूमिका खेलेकी महिला अधिकारकर्मी दुर्गा घिमिरे, महिलालाई आर्थिक रुपमा सशक्त बनाउन भूमिका खेलेवापत डा.विना प्रधान, होटल सञ्चालन गरी महिलालाई आर्थिक रुपमा सशक्त बनाउन भूमिका खेलेको भन्दै अम्बिका श्रेष्ठलाई मन्त्री थममाया थापाले सम्मान गरेकी थिइन् ।  कार्यक्रममा महिला अधिकारका विभिन्न विषयमा छलफल गोष्ठीका कार्यक्रमहरु आयोजना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप