बेगनास तालमा शव भेटियो
बिहीबार, ३० असोज २०७६, २० : ४४
पोखरा – बेगनास तालमा एक जनाको शव फेला परेको छ । तालको बायाँपट्टी ड्यामसाइड किनारमा शव फेला परेको हो ।
प्रहरीका अनुसार शवको अझैसम्म कुनै पहिचान खुलेको छैन । मृतक अन्दाजी ६० वर्षको रहेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्ट्मार्टमको लागि गण्डकी अस्पतालमा पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।