नौबिसे–नागढुंगा सडक आजदेखि एकतर्फी
शुक्रबार, ०१ कात्तिक २०७६, ११ : ४७
काठमाडौं । राजधानीलाई जोड्ने मुख्य मार्गका रुपमा रहेको नौबिसे–नागढुंगा आजदेखि सडक एकतर्फी सञ्चालन हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार उक्त सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी रुपमा यातायात संचालन हुने भएको हो ।
धुनिबेसी नगरपालिका–९, स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे तथा मर्मतका कार्य भइरहेका कारण उक्त अवधिमा एकतर्फी यातायात सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।