सांसद साह रिहा भएपछि देखिएका १० तस्बिर
शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ३४
धनुषा– जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।
अभियोग माग दावी अनुसार नभएको कारणले सांसद साहलाई साधारण तारेख छाडिएको ईजलाश नम्बर–३ का न्यायाधीश तेजनारायण पौडेलले जानकारी दिए । साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।
जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।