ज्यान मार्ने उद्योगका फरार प्रतिवादी समातिए
आइतबार, ०३ कात्तिक २०७६, १४ : ०५
काठमाडौं–ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई वर्षअघि कमलादीस्थित काठमाडौं प्लाजाको पार्किङमा चेङ्गा तामाङलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका प्रतिवादी मध्ये प्रहरीले कुमार सिंह लामालाई नियन्त्रणमा लिएको हो ।
उनलाई कमलादीबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
सो घटनामा लामासहित ५ जनाको संलग्नता रहेकोमा काभ्रेको रोशी गाउँपालिका घर भएका कुमार फरार रहँदै आएका थिए ।