सुनको भाउ घट्यो
आइतबार, ०३ कात्तिक २०७६, १४ : २२
काठमाडौं–आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा रु ७० हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदी आइतबार तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।