मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

आइतबार, ०३ कात्तिक २०७६, १९ : ०१
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं –ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कुमारसिंह लामालाई पक्राउ गरी थप कारवाहीका लागि आज जिल्ला अदालत काठमाडौँ पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

गत असार ९ गते काठमाडौँको कमलादीमा चेङ्गा तामाङ्लाई सुदीप भन्ने पोते लामासहित पाँच जनाको समूहले ज्यान मार्ने उद्देश्यले उनलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

त्यसपछि फरार रहेकामध्ये काभ्रेपलाञ्चोकका लामालाई महाशाखाको टोलीले यही कात्तिक १ गते  पक्राउ गरी आज कारवाहीलाई जिल्ला अदालतमा पेश गरिएको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप