यामाहाको नयाँ मोटरसाइकल अब नेपाली बजारमा
बुधबार, ३२ साउन २०७४, १६ : ०५
काठमाडौं– यामाहाको नयाँ मोटसाइकल अब नेपाली बजारमा उपलब्ध हुने भएको छ । यामाहाको एफजेट २५ बुधबार कम्पनीले औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
यो मोटरसाइकल यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । यो मोटसाइकल २५० सीसीको फाइट मोटरसाइकल हो ।
उत्कृष्ट माइलेजका साथै अत्याधुनिक वनावटमा सजिएकोे मोटरसाइकल नेपाली बजारमा लोकप्रिय हुने जनाइएको छ । यसले नेपाली उपभोक्ताको मन जित्ने पनि कम्पनीको भनाइ छ ।