कमल हसनको फिल्म ‘इन्डियन–टु’ को एक्सन सीनलाई मात्रै ४० करोड बजेट
कमल हसनको फिल्म इन्डियन टुको दुईवटा सुटिङ शेड्युल पुरा भइसकेका छन् । सन् १९९६ मा रिलिज भएको फिल्म इन्डियनको यो सिक्वललाई निकै भव्य तरिकाले बनाइँदैछ । यसको अर्को शेड्युल मध्यप्रदेशको भोपालमा सुटिङ गरिनेछ । यो एक्सन सिक्वेन्सका लागि करिब ४० करोडको बजेट छुट्याइएको छ ।
पिटर हेनले गर्नेछन् एक्सन कोरियोग्राफरः
इन्डियन टुको यो विशेष एक्सन सिक्वेन्सलाई पिटर हेनले कोरियोग्राफ गर्ने भएका छन् । इन्डिया टुडेको खबर अनुसार यो सीनलाई करिब दुई हजार जुनियर आर्टिस्टसहित सुटिङ गरिनेछ । यो विशेष एक्सन सीनमा कमल ९० वर्षे वृद्धको भूमिकामा देखिनेछन् ।
फिल्ममा कमलबाहेक काजल अग्रवाल पनि देखिनेछिन् । काजल यो फिल्ममा एक्सन गरिरहेको देखिनेछिन् । यसका लागि काजल इन्डियन मार्शल आर्ट कलारिपयट्टूको तालिम लिइरहेकी छिन् । फिल्ममा रकुल प्रित सिंह पनि महत्वपूर्ण भूमिका देखिनेछ ।
सन् २०२१ मा हुनेछ रिलिजः
सन् १९९६ मा रिलिज भएको फिल्म इन्डियनमा कमल हसनले बुवा र छोराको दोहोरो भूमिका निभाएका छन् । यो एक यस्ता व्यक्तिको कहानी थियो जसले सिस्टममा फैलिएको भ्रष्टाचारलाई सार्वजनिक गर्छन् । प्रिया भवानी शंकर, सिद्धार्थ पनि देखिनेछन् । फिल्म सन् २०२१ को अप्रिल १४ मा रिलिज हुने तयारीमा छ ।