दाङमा दुई यात्रुबाहक बस ठोक्किँदा २२ यात्रु घाइते
मङ्गलबार, ०५ कात्तिक २०७६, ११ : २१
बुटवल । दाङमा दुई यात्रुबाहाक बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–३ बर्गदुवाचोकमा घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको लु१ख ९६७९ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते २२ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।