सुनको मूल्य २०० ले घट्यो, चाँदीको स्थिर
मङ्गलबार, ०५ कात्तिक २०७६, ११ : ३५
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको छ ।
सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।