मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ठमेलबाट सालकको खपटा र दुर्लभ बन्यजन्तुको छालासहित २ जना पक्राउ

मङ्गलबार, ०५ कात्तिक २०७६, १५ : ५८
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौँ । राजधानीको ठमेलबाट दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम नखुलेको अन्य दुर्लभ बन्यजन्तुको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नुवाकोट किस्पाङ गाउँपालिका–२ घर भइ कपन बस्ने दीपकराज न्यौपाने र गोरखा सिरानचोक गाउँपालिका–६ घर भइ कपन नै बस्ने केशव अर्याललाई ठमेलस्थित नरसिंह चोकबाट नियन्त्रणमा लिएको हो । 

महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी सन्तोषसिंह राठौरले विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई संकास्पद अवस्थामा ठमेलमा फेला पारेको र खानतलासी गर्दा नाम खुल्न नसकेको बन्यजन्तुको छाला र १ किलो ४०० ग्राम सालकको खपटा बरामद गरिएको जानकारी दिए । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप