सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु

बुधबार, ०६ कात्तिक २०७६, ०८ : ४२
बुधबार, ०६ कात्तिक २०७६

गएराती गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कालिगण्डकी गाउँपालिका–३ साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिकको मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले अर्का एक जना सामान्य घाईते भएको जानकारी दिए ।  जिप चालकलाई नियन्त्रणमा लिईएको र घटनाको थप विवरण आउन बाँकी रहेको जनाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप