रणबीरसँग २२ जनवरीमा विवाह ! कार्डबारे सोध्दा हाँस्दै भनिन्, ‘अब म के भनौं ?’
बुधबार, ०६ कात्तिक २०७६, ११ : ५०
सोसल मिडियामा रणबीर कपुर र आलिया भट्टको विवाहको कार्ड अत्यधिक भाइरल भइरहेको छ । आलियासँग जब यसबारे प्रश्न सोधियो तब उनले मज्जाले हाँस्दै भनिन्, ‘अब म के भनौं ?’
आलिया र रणबीर लामो समयदेखि धेरैजसो सँगै देखिँदै आएका छन् ।
स्थान र मिति पनि छ कार्डमाः
रणबीर–आलियाको विवाहको कार्डमा उनीहरुको विवाहको मिति जनवरी २२ सन् २०२० लेखिएको छ । जबकी उम्मेद भवन प्यालेस जोधपुरमा विवाह हुने स्थान तोकिएको छ । कार्डमा अभिभावकको नाम सोनी–मुकेश भट्टको नाम लेखिएको छ । यद्यपि, यो कार्ड झुटो हो किनभने यसमा आलियाको नामको स्पेलिङ र उनका पिताको नाम गलत लेखिएको छ ।
यो पनिः