सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाका ५३ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश (नामावली सहित)

बिहीबार, ०७ कात्तिक २०७६, १४ : ३७
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– राप्रपाका ५३ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका नेता पूर्णबहादुर बूढाको नेतृत्वमा डोल्पाका ५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । 

उनीहरुलाई काँग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवालगायतले पार्टीमा स्वागत गरेका दिए । नवप्रवेशीलाई स्वागत गर्दै सभापति देउवाले पार्टी काखा र पाखा नगर्ने भन्दै क्षमताको आधारमा जिम्मेवारी दिइने बताए । 

राप्रपा सयुक्तका केन्द्रीय सदस्य कर्णबहादुर बुढासहित ५३ जना कांग्रेस प्रवेश गरेका हुन् । देउवाले पार्टी सदस्यता प्रदान दिएका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले खादा लगाएका थिए । उपसभापति विजय गच्छदारले टीका लगाइ दिएका थिए भने उपसभापति विमलेन्द्र निधिले स्वागत गरेका थिए ।

नवप्रवेशीलाइ स्वागत गर्दै सभापति देउवाले पार्टी काखा र पाखा नगर्ने भन्दै क्षमताको आधारमा िजम्मेवारी दिइने बताए । डोल्पा काँग्रेसले पार्टीका सभापति लगायतका नवप्रवेशीलाइ खादा लगाइ सम्मान र स्वागत  गरेको थियो ।

काँग्रेस प्रवेश गर्नेहरु

काँग्रेस प्रवेश गर्नेमा कर्णबहादुर बुढा, श्याम बाहादुर रोकाय नन्द बाहादुर कार्की, शेर बाहादुर कडायत, हिम्मत बहादुर शाही, निमा छिरिङ्ग बुढा, महेश बुढा, शिव कार्की, कमल बहादुर बुढा , तजन रोका, तेङ्जिङ्ग रोका , दावा छिरिङ्ग , पेम्बा छिरिङ्ग, फेदे गुरुङ्ग ,तेङिङ फुर्बा , मैइन बुढा, सरिता कुडा, तेजेन्द्र रोका, लाउची रोका, लामु झाक्री, राजु हिराचन,अमलेस बुढा, अमिर रोका, टोटा रोकाय, मिना रोकाय, सुन्दर कार्की,गुरु छोछङ्ग,  बुबुढा, बसु झाक्री, लक्ष्मी रोका , रत्न रोका, धनिराम मल्ल , नन्द कुमारी मल्ल,रेशम मल्ल,बिस्वनाथ राना मगर, ओइष्ट धुन्द शाही र प्र्चुण्ड शाहीरहेका छन् ।

ईशु शाही,बिध्या शाही, सुनिता गौरा,दिल चन्द्र शाही, आराधना शाही, हिक्मत कुमार बोहरा, अभिमन्यु बोहरा, रमेश शाही, जितेन्द्र शाही, ईन्द्र बहादुर शाही, मणि बुढा, जुना बुढा, बिबेक शाही,मान बाहादुर बुषा, शोम राज मल्ल, रन्जना शाही, कर्ण बाहादुर शाही र लोक बाहादुर चलाउने लगायत ५३ जना काँग्रेस प्रवेश गरेका हुन् ।

जसमा दुई जना सत्तारूढ दल नेकपाबाट प्रवेश गरेका थिए । केन्द्रमा  राप्रपा र राप्रपा सयुक्त भए पनि डोल्पामा एउटै भएको बुढा बताए । कर्णबहादुर बुढाको सहयोगमा २०४८ सालमा काँग्रेस डोल्पामा चुनाव जितेको थियो । त्यस यता डोल्पामा अहिलेसम्म काँग्रेसले कुनै चुनाव पनि जित्न नसकेको केन्द्रीय सदस्य जीवन शाहीले बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप