मंसिर १४ उपनिर्वाचन: आयोगद्वारा ६ बुँदे निर्वाचन आचारसंहिता जारी
बिहीबार, ०७ कात्तिक २०७६, १५ : ५९
काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी निर्वाचन आयोग ऐन अन्तर्गत शुक्रबारबाट लागू हुनेगरी ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा राजनीतिक दल र उम्मेद्वारका हकमा आचारसंहिता लागू हुने मितिदेखि अन्तिम निर्वाचन परिणाम नआउन्जेलसम्म सामान्य आचारण र विषयगत आचरणका विषयहरु लागू हुने जनाइएको छ ।