वर्ल्ड लिंकले भित्र्यायो एक अर्ब ३५ करोड बराबरको लगानी
बिहीबार, ०७ कात्तिक २०७६, १९ : ४२
१
काठमाडौं– सिडिसी ग्रुपले वर्ल्ड लिंकमा १२ करोड अमेरिकी डलर अर्थात १ अर्ब ३५ करोड लगानी गरेको छ । सिडिसीको यो नेपालमा पहिलो लगानी हो ।
बेलायती कम्पनी सिडिसीले नेपालको ईन्टरनेट सेवालाई थप विस्तार गर्न यो लगानी गरेको बताएको छ । सिडीसीको शेयरमा यो पहिलो लगानी भएपनि यो वर्ष गरिएको दोश्रो लगानी भएको सो कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आफ्नो लगानीले वर्ल्ड लिंकलाई नेपालभर विस्तार गरी हज्जारौ घरहरु र साना उद्यमीहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन मद्धत गर्ने सिडीसीको दाबी छ । वर्ल्ड लिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक कम्पनी हो ।