बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको ग्वार्कोमा बसभित्र घेरा हाली ६४ हजार लुट्ने तीनजना पक्राउ

शुक्रबार, ०८ कात्तिक २०७६, १० : ४९
शुक्रबार, ०८ कात्तिक २०७६

ललितपुरको ग्वार्कोबाट तीन जना पेसेबर डाँका पक्राउ परेका छन् । शुक्रबार कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बसभित्र घेरा हाली धाकधम्की दिई ६४ हजार लुटपाट गर्ने तीनजना लुटेरा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बलेफी–६ घर भई ललितपुर–१ इमाडोल बस्ते सुजन तामाङ, काभ्रे बेथानचोक–६ घर भई हाल ललितपुर महालक्ष्मी–१ बस्ने सुमन आलेमगर र मकवानपुर कुलेखानी–४ घर भई ललितपुर–१ राता मकैचोक बस्ने सुरज तामाङ रहेका छन् । 

उनीहरुले कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बा. ३ ख ४७६५ नम्बरको बसमा सवार रहेका काभ्रे स्थायी घर भएका मंगल बहादुर लोप्चनलाई बसभित्र घेरा हाली धम्की दिएर रकम लुटेका थिए ।

लोप्चन वैदेशिक रोजगारीमा जानको लागि बनेपाबाट काठमाडौँ आएका थिए । बनेपाबाट कोटेश्वर ओर्लिएका उनी जावलाखेलमा रहेको मेनपावर जानको लागि बस चढेका थिए । बसमा यात्रुहरु खचाखच भएकाले उनी उभिएको र उभिएको समयमै तीनै जना लुटेराले घेरा हाली रकम लुटेको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

डिएसपी मिश्रका अनुसार रकम लुटिएपछि लोप्चनले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै चेकजाँच गर्ने क्रममा बसलाई प्रहरीले सातदोबाटोबाट नियन्त्रणमा लिएको थियो । 
प्रहरीले बसमा रहेका सबै यात्रुलाई चेक जाँच गर्न सातदोबाटो वृतमा लगेको थियो । चेकजाँचको क्रममा सुजन तामाङको साथबाट लुटिएको ६४ हजार बरामद भएको डिएसपी मिश्रले बताए । 

प्रहरीले लुटपाटमा संलग्न तीनै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप