आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा आगलागी, करोडौंको क्षति

शुक्रबार, ०८ कात्तिक २०७६, १३ : २६
शुक्रबार, ०८ कात्तिक २०७६

बुटवल– गएराती नेपालगञ्जको बीपीचोक नजिकै रहेका पाँचवटा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । साँझ सवा ६ बजे सुरुमा बिपीचोकका तीनवटा पसलबाट सुरु भएको आगलागीबाट ५ वटा पसलमा क्षति भएको छ । 

एसपी ओलीले भने, म सहितको टोली  आगलागी नियन्त्रणका लागि  पुगेका थियौं । नेपालगञ्ज उपमहानगरपालिकाको दुईवटा दमकलले नपुग्ने देखेर नेपालगञ्ज विमान स्थललबाट दुईवटा र गुलरिया नगरपालिकाबाट दुईवटा दमकल मगाएर दुईघण्टा भित्रै आगो नियन्त्रणमा लिइएको छ ।’

आगलागीबाट जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । 

आगजनी भएको स्थान नजिकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । तीन महिनाअघि गत साउन २३ गते पनि त्यही नजिकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महिनामा नेपालगञ्जमा पाँचवटा ठूला आगलागी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप