आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म ओरिजिनल माओवादी होइन : अध्यक्ष प्रचण्ड

शुक्रबार, ०८ कात्तिक २०७६, १७ : ०७
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु ओरिजिनल माओवादी नभएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम पनि भनिन्छ) मा गएको बताए ।  मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए) सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले आफू ओरिजिनल चौम ,मसाल र माओवादी नभएको बताए ।

उनले झापा विद्रोह कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरूबाट भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे । ‘त्यतिबेलाको मालेले मदन भण्डारीको क्षमता, गतिशीलता, सिर्जनशीतलाई आत्मसात गर्यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ तपाईं हामी सबैलाई थाहा छ’ उनले भने,‘तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप