सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले लोकतन्त्रमाथि आक्रमण गरिरहेको छ, हामी एकजुट हुनुपर्छ :  सभापति देउवा

शनिबार, ०९ कात्तिक २०७६, १८ : ५१
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौं – प्रमसख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि निरन्तर आक्रमण गरिरहेको बताएका छन् । शनिवार काठमाडौँमा पाँचथर काठमाडौँ सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रमम सभापति देउबाले प्रजातान्त्रिक अधिकारमाथि सरकारको आक्रमण बढिरहेको भन्दै यसलाई रोक्न सबैलाई एकजुट हुन आग्रह गरे । 

सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न एकपछि अर्को विधेयक ल्याएर जनताका अधिकार कटौती गर्न लागेको पनि आरोप लगाए । सभापति देउवाले प्रजातन्त्रको रक्षाको लागि सबै काँगे्रसजन सचेत भएर लड्नु पर्ने बेला आएको बताए ।  

सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप