आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताको भावनाअनुसार सरकार सञ्चालन हुनुपर्छः माधव नेपाल

शनिबार, ०९ कात्तिक २०७६, २२ : १३
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो र भावनाअनुसार सरकार सञ्चालन हुनुपर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले जनताको मन जितेर, कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए । 

वरिष्ठ नेता नेपालले नेपाली जनता आफ्नो समस्या समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै स्वाभिमानी नेपाली जनताले कोही कसैको हस्तक्षेप स्वीकार्य नगर्ने बताए ।

नेकपा पार्टीमा नेकपाको विचारधारा लागू भएको बताउँदै उनले पार्टीमा कोही कसैको विचारधारा थोपारेको सम्बन्धमा कसैलाई भ्रम नरहोस् भनी स्पष्ट पारे ।

एक प्रश्नको जवाफमा रौतहट हत्या काण्ड कानूनी प्रक्रियामा गइसकेकाले कसैले हस्तक्षेप गर्नु हुँदैन भन्दै विगतमा नेपाली काङ्ग्रेसको सिफारिसमा आफूले मोहम्मद अफताव आलमलाई मन्त्रिमण्डलमा समावेश गरेको बताए ।

वरिष्ठ नेता नेपालले द्वन्द्वकालमा घटेका घटना छिटो छिनोफानो हुनुपर्नेमा जोड दिँदै सत्य निरुपण टुग्ङ्याउन आफ्नो सहयोग सदैव रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप