सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डसँग मेरो दूरी बढ्ने कुनै सम्भावना छैन: प्रधानमन्त्री ओली

आइतबार, १० कात्तिक २०७६, १४ : ००
आइतबार, १० कात्तिक २०७६

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो  दूरी बढने कुनै सम्भावना नरहेको बताएका छन् । असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आईतबार स्वदेश फर्कएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दुरी बढने कुनै अवस्था नरहेको बताए ।

‘रमाईलो कुरा गर्नुभयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामीबीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन ।’ प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दुरी बढेको समाचार विभिन्न समाचार माध्याममा आइरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताए ।

प्रधानमन्त्री ओलीले दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताए । ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दुरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप