आहा ! धपक्कै बल्यो काठमाडौं शहर, हेरौ २० तस्बिर
आइतबार, १० कात्तिक २०७६, २० : १०
काठमाडौं– आज काठमाडौं उपत्यका लगायत देशभर झिलीमिली बत्ती प्रज्वलन गरी लक्ष्मीपुजा गरिदैँछ । जताततै बत्तीको उज्यालोले बस्तीहरु धपक्कै बलेका छन् ।
यसबेला सिंगो काठमाडौं उपत्यका झिलीमिली बत्तीले बेहुलीझै सिंगारिएको छ । साँझ सुरु भएलगत्तै घरहरु झिलीमिली बत्तीले धपक्कै भएका छन् । आइतबार साँझ काठमाडौं उपत्यकामा देखिएको मनमोहक र सुन्दर दृष्यलाई हामीले क्यामेरामा कैद गरेका छौ ।