सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल अत्यन्त अप्ठेरो अवस्थामा पुगेको छ: सभापति देउवा

सोमबार, ११ कात्तिक २०७६, १६ : ०८
सोमबार, ११ कात्तिक २०७६

भक्तपुर–काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताएका छन् ।  सोमबार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

‘देश अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको छ । अहिले कम्युनिस्ट सरकार मुलुकमा छ । सरकारले जनताका अधिकार खोस्न नयाँ नयाँ विधेयकहरु ल्याएको छ भने अर्कोतिर जग्गा जमिन पनि खोसने काम भइरहेको छ’, शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक कुरा नगर्ने भन्दै बोल्न सुरु गरेका देउवाले वर्तमान सरकारको चर्को आलोचना गरे । 

कुनै पनि व्यक्तिलाई जग्गाजमिन अत्यन्तै प्यारो हुने भन्दै उनले खेति नगरको बहाना बनाएर व्यक्तिको जमिन हडप्न सरकार आफै लागि परेको आरोप लगाए । 

महंगी बढेको र भ्रष्टाचार बढेकोमा जनता आक्रान्त भएको भन्दै उनले यसको जवाफ सरकारले दिनुपर्ने देउवाको भनाई छ । उनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा वर्तमान सरकारको विकल्पका रुपमा काँग्रेस उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप