आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा मनाए दीपावली, दिए यस्तो प्रतिक्रिया

सोमबार, ११ कात्तिक २०७६, १६ : १६
सोमबार, ११ कात्तिक २०७६

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हिन्दुहरुको दोस्रो प्रमुख पर्व दीपावली मनाएका छन् । उनले आइतबार हिन्दु धर्मावलम्बीका साथ दीपावली मनाएका हुन् । दीपावली मनाउने क्रममा उनले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेका थिए ।

ट्रम्पले अमेरिकामा धार्मिक स्वतन्त्रता रहेको पनि बताए । उनले दीपावलीले अन्धकारमाथि प्रकाशको जितको सन्देश दिने जिकिरसमेत गरे । अमेरिकाको संविधानअनुसार सबै धर्म र धार्मिक अधिकारको रक्षाका हेतु आफ्नो प्रशासनले काम गर्ने उनको भनाइ थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप