नेपाल संवतको स्वागतमा कीर्तिपुरमा स्काई लाइट बालियो (तस्बिरहरु)
सोमबार, ११ कात्तिक २०७६, २० : ५२
काठमाडौं । नेपाल सम्वत ११४० को स्वागतमा सोमबार साँझ राजधानीको कीर्तिपुरमा स्काई लाइट बालियो । नेपाल सम्वत ११४० मंगलबार परेको छ ।
सोही अवसर तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारको समेत उद्देश्य राखेर कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्राङ्गणमा स्काइलाइटसहित दीप बालिएको हो ।
३२ घन्टा लामो सो कार्यक्रमका क्रममा पर्यटकहरुलाई स्वागत समेत गरिएको थियो । स्थानीय समुदायसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले यो कार्यक्रम गरेको हो ।