मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मङ्गलबार, १२ कात्तिक २०७६, २१ : ५३
सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान बा५च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो ।
दुर्घटनामा घाइते कुँवरलाई थप उपचारका लागि धुलिखेल पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।