सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भाइटिकाकै दिन दुर्घटनामा दुईजनाको मृत्यु

बुधबार, १३ कात्तिक २०७६, १० : ०७
बुधबार, १३ कात्तिक २०७६

विराटनगर । प्रदेश १ मा भाइटिकाको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इलाम र मोरङमा भएको सवारी दुर्घटनामा एक–एक जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

इलाम नगरपालिका–१ मानेचोकस्थित मेची राजमार्गमा राँकेबाट पुवाखोलातर्फ आउँदै गरेको मे७प २०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाम–४ का २७ वर्षीय सञ्जय कटुवालको मृत्यु भएको हो ।

मंगलबार राति साढे १० बजेको समयमा संजय कटुवाल र सुमन राई सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम पठाइएकोमा उपचारको क्रममा राति पौने १ बजेको समयमा सञ्जयको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुमनलाई थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति साढे ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२९प २७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको को३२प ८७५० नम्बरको स्कुटी आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेर स्कुटर चालक सप्तरीको महुली बस्ने अन्दाजी २३ वर्षका निश्चल भारती, स्कुटीको पछाडी सवार उर्लाबारी नगरपालिका–४ बस्ने वर्ष २३ की प्रमिला गिरी र मोटरसाईकल चालक झापाको मेची नगरपालिका–१२ बस्ने वर्ष १८ को एलिस भारती घाईते भएका थिए ।

घाइते तीनैजनालाई नोवेल अस्पताल विराटनगर ल्याएकोमा उपचारको क्रममा साढे ९ बजेको समयमा एलिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरी चौकी विराटचोकले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप