मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

श्रीमानको हत्या आरोपमा पक्राउ

बुधबार, १३ कात्तिक २०७६, १९ : ०५
बुधबार, १३ कात्तिक २०७६

धम्बोझी – श्रीमानको हत्याको आरोपमा एक महिलालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन् । 

दिलमायाले ५२ वर्षीय समला दरैको हत्या गरी भागेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले जानकारी प्राप्त गर्नासाथ दिलमायाको खोजतलासमा खटिएको प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका–७ गुनाना भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो । 

दरैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियामा ल्याई कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । 

जुवा खेलिरहेको अवस्थामा पाँच पक्राउ

जुवा खेलिरहेको अवस्थामा पाँच जुवाडे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले मधुवन नगरपालिका–८ सानोश्री होटल सनराइज एन्ड लजमा जुवा खेलिरहेको अवस्थामा ती जुवाडे, उनीहरुको साथमा रहेको नगद ५८ हजार ८४० र तास बरामद गरेको प्रहरी उपरीक्षक बाँस्तोलाले बताए । 

जुवाडेहरुलाई कानूनबमोजिम आवश्यक कारबाहीका लागि अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप