टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्युु
बुधबार, १३ कात्तिक २०७६, २० : ३१
जनकपुर–टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।
बुधबार जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित तपसी चोकमा ना ५ ख १६७४ नम्बरको टिपरले ठक्कर दिँदा महोत्तरी मनर सिस्वा नगरपालिका वडा नम्बर ९ स्थित बथनाहाका ३५ वर्षका सञ्जीव झाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
ज१० प७७६७ नम्बर मोटरसाइकलमा जनकपुर किनमेल गर्न आएको झालाई तीव्र गतिको टिरले ठक्कर दिएको स्थानीयले बताएका छन् ।
घटना पश्चात तत्काल झालाई जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर अस्पताल लैजाँदा गर्दै बाटोमा नै झाको मृत्यु भएको जनाइएको छ ।