मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मापसे गरेर बस चलाउँदा दुर्घटना, एकको मृत्यु, एक घाइते

बुधबार, १३ कात्तिक २०७६, २१ : ५२
बुधबार, १३ कात्तिक २०७६

भक्तपुर नगरपालिका– १० कमलविनायक स्टार बैङ्केट अगाडि बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नं को बसले सडक छेउमा पार्किङ गरी राखेको बा७०प ६१९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको छ । 

ठक्करबाट घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

मोटरसाइकललाई ठक्कर दिएको बसले अनियन्त्रित भई पुनःपैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने १८ वर्षीय विशाल तामाङको उपचार भइरहेको उनले जानकारी दिए । 

प्रहरीले दुमादक पदार्थ सेवन गरी सवारी चलाउने बस चालक भक्तपुर नगरपालिका– १० कमलविनायक बस्ने ४० वर्षीय बलराम ज्याखोलाई पक्राउ गरी अनुसन्धान जारी राखेको बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप