सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी कारबाहीमा ब्राजिलमा १७ को मृत्यु

बुधबार, १३ कात्तिक २०७६, २२ : ०८
बुधबार, १३ कात्तिक २०७६

ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

    प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

    “प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो, त्यसपछि अस्पताल लगिएको थियो,” एक प्रहरी अधिकारीले भने । उनले थपे, “त्यसपछि उनीहरूलाई अस्पतालमै मृत घोषणा गरिएको थियो ।”

    लागुऔषध प्रयोगकर्ता र कारोवारीका विरुद्धमा विषेश अभियान नै चलाएको ब्राजिलको प्रहरीले यो घटनालाई सफलताको रूपमा लिएको छ । 

    घटनास्थलबाट प्रहरीले १७ वटा हतियार पनि बरामद प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

    लागुऔषधको कारोवार नियन्त्रण गर्न ब्राजिलको उत्तरी क्षेत्रमा धेरै समूहले काम गरिरहेका छन् । 

    त्यो क्षेत्र छिमेकी मुलुकहरू कोलम्बिया, पेरु र बोलिभियासँगको रणनीतिक महत्वको क्षेत्र मानिन्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप