मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यामाहाको नयाँ ‘एफजी २५ स्ट्रिट फाइटर सार्वजनिक, यस्ता छन् बिषेशता

बिहीबार, ०१ भदौ २०७४, १२ : ३३
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं–यामाहा बाइक तथा स्कुटको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु इन्टप्राइजेजले आफ्नो लोकप्रिय एफजी सिरिजमा बहुप्रतिक्षित बाइक ‘एफजी २५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार साँझ राजधानीमा भब्य कार्यक्रमकावीच यो वाइक सार्वजनिक गरेको हो । 


अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी २५ वाइकमा एय कुल्ड वीथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिण्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । 


यो बाइकको वजन एक सय ४८ केजी छ भने अत्याधुनिक विषेशताका कारण एफजी २५ वाइकलाई ‘एफजी वल्र्ड’ को पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । नेपाली सडक सुहाउँदो स्ट्रिट फाइटरले अधिकतम माइलेज दिने र यो वातावणमैत्री रहेको कम्पनीले जनाएको छ । यो वाइक २० देखि ३५ बर्षसम्मका राइडरलाई आकर्षित गर्न सक्ने भएको पनि कम्पनीले जनाएको छ । 


कम्पनीका अनुसार सार्वजनिक गरिएको यो बाइक विभिन्न ३ रंगमा उपलब्ध छ । जसमा ब्यास्टिक ब्लु, वारियर ह्वाइट र नाइट ब्ल्याक छन् । एमडब्लु इन्टरप्राइजेजका अनुसार यो वाइकको मुल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ तोकिएको छ । 


जापानी बजारमा सफल स्पोर्टस् बाइकमा प्रयोग हुने २४९ सीसीको विश्वासिलो इन्जिन जडान भएको यो वाइक नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको जनाइएको छ । यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ । जसले वाइकलाई पर्फमेन्स वढाउनुका साथै इन्धन खपतलाई न्युन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । यो वातावरणमैत्री वीएस ४ इमिसन स्ट्याण्डर्डमा निमार्ण गरिएको पनि कम्पनी जनाएको छ । 


८ हजार आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६ हजार आरपीएममा २० एनएम पावरको अधिकतम टर्क उत्पादन गर्ने यो वाइकमा एएचओ (अल टाइक हडलाइट अन) प्रविधिको लिड हेडलाइट रहेको छ । जुन २५० सीसीको वाइकमा पहिलो भएको कम्पनीले जनाएको छ । 


यामाहाले सन् २००८ मा निक्कै रुचाइएको एफजी सिरिज बजारमा ल्याएको थियो । यो नेपालमा मात्र नभई दक्षिण एसियामा चर्चित सिरिजका रुपमा रहेकाले यामाहाले डिलक्स सेग्मेन्टवाट प्रिमियम सेग्मेन्टमा पनि एफजीलाई विस्तार गरेको हो । आकर्षक फिचर, स्पोटी लुक र एग्रेसिभ स्टाइल भएको यो यामाहाको नयाँ विकल्पले ग्राहकलाई सन्तुष्ट पार्ने कम्पनीले जनाएको छ । यो युवा राइडप्रति लक्षित रहेको छ । 


एमडब्लु इन्टरप्राइजेजका प्रवन्ध निर्देशक बिष्णुबावु अग्रवालले नेपाली वाइकप्रेमीलाई यो नयाँ वाइक पस्कन पाउँदा आफु खुसी भएको बताए । यस्तै, कम्पनीका सहमहाप्रवन्धक दिपक रौनियारले नयाँ बाइक पावर, कन्ट्रोल र ब्यालेन्सको समिश्रण रहेको बताए । यो बाइक दैनिक प्रयोजनका लागि उपयुक्त रहेको जनाइएको छ । 


कम्पनीले यो वाइकको टेस्ट राइड गर्ने ग्राहकका लागि आकर्षक उपहारको योजना पनि ल्याएको छ । सिमित अवधीका लागि सञ्चालन हुने यो योजनामा यामाहाको नयाँ बाइकको टेस्ट राइड गर्नेले एप्पलको म्याकबुक जित्ने मौका पाउने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप