आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व बाल–लडाकु  विष्टलाई विमानस्थलबाट फर्काउनु असंवैधानिक भएको सर्वोच्चको ठहर

बिहीबार, १४ कात्तिक २०७६, १८ : ५८
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौं – सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्वमाओवादी (बाल–लडाकु) कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधिक भएको फैसला गरेको छ ।

 न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो ।

फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ । 

थाइल्याण्डको एउटा कार्यक्रममा गत २०७५ भदौ ८ जान लागेका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप