मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा मृत्यु हुने आधा पैदलयात्री

शुक्रबार, १५ कात्तिक २०७६, ११ : ५८
शुक्रबार, १५ कात्तिक २०७६

जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीमध्ये आधा पैदलयात्री रहेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो । तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन् । 

दुर्घटनामा मृत्यु भएका पाँच जनालाई विभिन्न सवारी साधनले ठक्कर दिएको हो । यसका अतिरिक्त बस दुर्घटनामा एक जना, मोटरसाइकल दुर्घटनामा तीन जना र साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार पछिल्लो समय दुर्घटनामा पैदलयात्रीको मृत्यु हुनेक्रम बढ्दो रहेको छ । सवारी चालकको तीव्र गति र पैदलयात्रीको लापरवाहीका कारण दुर्घटना हुने गरेको छ । 

यसरी मृत्यु हुने पैदलयात्री मादक पदार्थ सेवन गरेका धेरै हुने गरेका छन् । उहाँले बाटोमा हिँड्दा ट्राफिक नियमको पालना नगरेका कारण यस्ता घटना बढी हुने गरेको भन्दै जनचेतनामूलक कार्यक्रम गरिँदै आएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप